दफा १४
प्राकृतिक स्रोतको परिचालन गर्दा लिइने आधार
(१) आयोगले प्राकृतिक स्रोतको परिचालनमा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले गर्ने लगानीको हिस्सा देहायका आधारमा तय गरी नेपाल सरकारमा सिफारिस गर्नु पर्नेछ :–
(क) राजस्वको अवस्था र उठाउन सक्ने क्षमता,
(ख) लगानी गर्न सक्ने क्षमता,
(ग) प्राप्त गर्ने उपलब्धिको हिस्सा,
(घ) प्राप्त उपलब्धिको उपभोगको हिस्सा,
(ङ) पूर्वाधारको अवस्था र आवश्यकता,
(च) आर्थिक अवस्था र भौगोलिक बनोट ।
(२) आयोगले उपदफा (१) बमोजिम प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने प्रतिफलको हिस्सा देहायका आधारमा निर्धारण गरी नेपाल सरकारमा सिफारिस गर्नु पर्नेछ :–
(क) परिचालित प्राकृतिक स्रोतको अवस्थिति,
(ख) प्राकृतिक स्रोतको परिचालनबाट प्रभावित क्षेत्र,
(ग) परिचालित प्राकृतिक स्रोत उपरको निर्भरता,
(घ) प्रतिफलबाट लाभान्वित जनसङ्ख्या,
(ङ) प्राकृतिक स्रोतमा आश्रित जनसङ्ख्या,
(च) प्राकृतिक स्रोतको संरक्षण र दिगो व्यवस्थापनमा सहभागिता ।